२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माधव नेपालको नयाँ पार्टीकाे नाम ‘नेकपा एकीकृत समाजवादी’

४ भदाै, काठमाडाैँ । माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार माधव नेपाल अध्यक्ष रहेको ‘नेकपा एकीकृत समाजवादी’ को नाम दर्ता भएको हो । नेपालले यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले एमाले नाम जुधेको भन्दै नाम संशोधन गर्न आग्रह गर्दै फिर्ता पठाएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नाम परिवर्तन भएर आएपछि पार्टी दर्ता भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १४:५०