२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बागमती प्रदेशकाे प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

४ भदाै, काठमाडाैँ । बागमती प्रदेशकाे प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १४:२७