२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले फुटाएका माधव नेपाललाई पहिलो गाँसमै ढुंगा, प्रस्तावित नाम र चुनाव चिन्ह दुबै नपाउने

४ भदाै, काठमाडाैँ । एमाले विभाजन गरेर निर्वाचन आयोग पुगेका माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुंगा लागेको छ । नेपालले प्रस्ताव गरेको नाम र चुनाव चिन्ह दुबै नपाउने भएका छन । यसअघि नै दर्ता भएको पार्टीसँग नाम मिलेको भन्दै निर्वाचन आयोगले नेपालले दल दर्ताका लागि अख्तियारी दिएका राजेन्द्र पाण्डेलाई नयाँ नाम लिएर आउन भनेको छ ।

राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा ६ को (ङ) मा अर्को पार्टीसँग मिल्ने नाम राख्न नपाइने व्यवस्था छ । यो दफाको २०७७ फागुन २३ गतेको सर्वोच्चको नेकपा बारे फैसलामा पनि पुनव्र्याख्या भएको छ । त्यो अहिले पनि आकर्षित भएको छ । त्यस दिनको सर्वोच्चको फैसलामा मिल्दोजुल्दो नाम नराख्न आदेश दिएको थियो ।

बुधबार दिएको निवेदनमा माधव गुटले नेकपा एमाले (समाजवादी) नाम प्रस्ताव गरेको छ । यो नाम नेकपा एमालेसँग मिल्नेगरी नै प्रस्ताव भएको देखिन्छ । राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा ६ को (ङ) र फागुन २३ गतेको सर्वोच्चको पुनर्व्याख्याअनुसार माधव गुटको प्रस्तावित नाम स्वीकृत हुने असम्भव नै देखिएको कानूनका जानकारहरुले सुनाउँदै आएका छन् । चुनाव चिन्हको सन्दर्भमा पनि अर्को दलसँग मिलेका कारण नयाँ दल दर्ताका लागि माधव नेपाल समूह फेरि नयाँ पक्रियामा जानुपर्ने देखिएको छ ।

योसँगै नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १०:२७