२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले विभाजनकाे भाेलिपल्टै माधव नेपालका पिए बागमतीकाे प्रदेश प्रमुखमा नियुक्त

३ भदाै, काठमाडौं । एमाले विभाजनकाे भाेलिपल्टै माधव नेपालका पिए बागमतीकाे प्रदेश प्रमुखमा नियुक्त भएका छन । नेपालका पूर्व पिए यादवचन्द्र शर्मा बागमती प्रदेशकाे प्रमुखमा नियुक्त भएका हुन । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्दै शर्मालाई प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेका हाे ।

नेपालले हिजाेमात्र एमाले विभाजन गरि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन । विगतमा आफन्त र निकटका केहीका लागि नियुक्ति दिन नपाएर सरकारविरुद्ध सडकमा निस्किएका नेपालले एमाले विभाजन गराएपछि आफन्त र नजिककाहरुलाई नियुक्ति दिलाउन अवसर प्राप्त गरेका छन ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १८:३४