२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेस नेता मल्ललाई पक्राउ गर्न प्रहरीलाई पत्राचार

३ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरिएको छ । जिल्ला अदालत कास्कीले मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत कास्कीले लेनदेन मुद्दामा मल्लाई चैत २७ गते नै ६ महिना कैद सजाय सुनाएको थियो । तर फैसला कार्यान्वयनमा असहयोग गरेपछि मल्लाई पक्राउ गर्न पत्राचार गरेको हो । ध्रुववहादुर थापा र मल्लबीचको लेनदेन विवादमा अदालतले उनीमाथि कारबाही अघि बढाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १५:४७