२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

रसुवामा पहिरोले घर पुर्दा चार जना वेपत्ता

३ भदाै, रसुवा । रसुवामा पहिरोले घर पुर्दा चार जना वेपत्ता भएका छन । प्रहरीका अनुसार गएराति रसुवाको नौकुण्ड गाँउपालिकाको कोलडाँडा भन्नेस्थानमा पहिरोले घर पुरेको हो ।

श्यामबहादुर घलानको घर पहिरोले पुर्दा चार जना वेपत्ता भएका हुन । घाइते अवस्थामा भेटिएका श्यामबहादुरलाइ अहिले उपचारका लागि त्रिशुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर टाढा रहेको छ । उद्धार र खोजका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलतर्फ लागेका छन।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १०:०१