२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

म एमालेमै छु, कितावमा पाना भए नभएको बारेमा नसोध्नुस्ः सुरेन्द्र मानन्धर

२ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र मानन्धरले आफू एमालेमै रहेको र अन्य कुनै पार्टी र विभाजनको गतिबिधिमा नरहेको प्रष्ट पारेका छन । माधवकुमार नेपालको नाममा गठन भएको पार्टीमा नाम प्रयोग भएकोमा स्पष्टिकरण दिँदै उनले आफू विभाजनको कुनै पनि गतिबिधिमा नरहने बताएका छन ।

मानन्धरले भनेका छन, ‘आदरणीय पत्रकार तथा अन्य मित्रहरु म माधव नेपालको नयाँ पार्टीसँग सम्बन्धित नभएकोले कृपया चुनाव चिन्ह किताब उपरको विवाद वा कितावमा पाना भए नभएको बारेमा मसँग सोध्ने कष्ट नगर्नु होला। पार्टी मिलाउन साथीहरुसँगै निकै प्रयास गर्दा पनि नसकेकोमा दुख लागेको छ। पार्टी बिभाजनमा समर्थन छैन। एमाले एकताका लागि१० बुँदे सहमतिबाट पार्टी अध्यक्ष केपी ओलि १ इन्चपनि पछि हट्न पाउनुहुन्न।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २१:२७