२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

म माधव नेपालको पार्टीमा छैन, मेरो नाम दुरूपयोग भयोः सांसद खनाल

२ भदौ, काठमाडौँ । बाग्मती प्रदेशसभाको सदस्य कृष्ण खनालले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा आफू नरहेको बताएका छन । नेपाल पक्षाले केन्द्रीय सदस्यमा नाम राखेर प्रचार गरेपछि सांसद खनाले आफूले एमाले नछाड्ने स्पष्ट पारेका छन ।

खनालले भने,‘एमाले समाजबादी पार्टीको केन्द्रिय सदस्यमा मेरो सहमती छैन । म एमाले मै छु ।’ सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २०:०७