२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले फुट्यो, माधव नेपालको निवेदन निर्वाचन आयोगमा दर्ता

२ भदाै, काठमाडाैँ । नेकपा एमाले फुटेको छ । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै एमाले विधिवत रूपमा टुक्रिएको हो । नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ । केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जानकारी दिइन् । झाँक्रीका अनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:३७