२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

प्रियंका हत्यारालाई पक्राउ गर्न माग गर्दै पूर्वपश्चिम राजमार्गमा प्रदर्शन

२ भदाै, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका– १७ की प्रियंका भुजेलको हत्याको विरोधमा स्थानीयले प्रदर्शन सुरु गरेका छन् । भुजेलको शव भेटिएलगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका हुन्। गत ३१ साउनदेखि घरबाट हराइरहेकी भुजेलको शव मंगलबार घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा फेला परेकोभेटिएको थियो ।

बलात्कार गरी प्रियंकाको हत्या गरिएको आशंकामा स्थानीयले प्रहरी कार्यालयमा समेत विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न समेत माग राखेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १५:१३