२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई मातृशोक

२ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको छ । बिष्टकी ८३ वर्षीया ममतामयी माता पूर्णमाया विष्टको भाद्र १ गते मंगलबार साँझ काठमाडौंस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दम रोगबाट पीडित उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि उक्त अस्पताल पु¥याइएकोे थियो ।

स्वर्गीय विष्टका श्रीमान, ५ छोरा र १ छोरी हुनुहुन्छ । पूर्वअध्यक्ष एवं सल्लाकार विष्ट स्वर्गीय विष्टका माइला छोरा हुनुहुन्छ । स्वर्गीय माताको बुधबार उदयपुरको बेल्का नगरपालिका आम्बासीमा अन्तिम संस्कार सम्पन्न भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:४२