२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माधव नेपालको पार्टीको अस्थायी नाम ‘नेकपा एमाले समाजवादी’ चुनाव चिन्ह ‘खुल्ला किताब’

२ भदाै, काठमाडाैँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको टुंगो लगाएको छ । सो समूहले नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राख्ने टुंगो लगाएको हो । साथै, सो समूहले चुनाव चिह्नको पनि टुंगो लगाएको छ ।एक केन्द्रीय सदस्यका अनुसार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहनेछ ।

पार्टीको नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा ‘नेकपा एमाले समाजवादी’ राख्ने र ‘खुला किताब’ चुनाव चिह्न राख्ने सहमति जुटेको हो । नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रसँग मिलेर फेरि अर्को दल बनाउने तयारी रहेका कारण तत्कालका लागि अस्थायी नाम र चुनाव चिन्हमा सहमति गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले तत्कालै देखि माओवादीसँग एकतको प्रकिया अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:१९