२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

राष्ट्रपति भण्डारीले दिइन् ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई

२ भदाै, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई दिएकी छिन् । बुधबार बिहान शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले किरणलाई बधाई तथा आगामी गायन करियरको शुभकामना दिएकी हुन् ।

‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले भने ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’ किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनी भुटानी शरणार्थी हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १२:५६