२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले दर्ता गरेकाे रिटमाथि आज सुनुवाई हुँदै

२ भदाै, काठमाडाैा । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । शाक्यले कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । शाक्यले दर्ता गरेकाे मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ ।

शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ११:१८