२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

विश्वासमा तातोपानी खन्याएपछि माधव नेपाललाई कार्यकर्ताको २१ बुँदे पत्रः अब त…


कमरेड माधव कुमार नेपाल,

हार्दिक अभिवादन नमस्कार !
कमरेडकाे एक शुभचिन्तक र एमालेकाे कार्यकर्ता हुनुकाे नाताले केही दिन अघिको आफु पक्षीय एक कार्यक्रममा कमरेडले व्यक्त गर्नुभएको विचार मिडिया मार्फत सुनिसकेपछि कमरेड समक्ष केही जिज्ञासा राख्नैपर्ने ठानी याे पाेष्ट गरेकाे छु । क्रिपया झर्काे नमानी उत्तर दिनुहुन अनुरोध छ ।

(क) कमरेड,बिर्सँनुभएकाे छैन भने म तपाईंसंगै २०७० काे दाेस्राे संविधानसभा निर्वाचनमा लगभग ढेड महिना तपाईंकै साथ चुनावी अभियानमा हिडेकाे कार्यकर्ता हुँ । सायद त्यतिबेलाकाे कतिपय फाेटाहरु तपाईंको घरकाे भित्तामा वा तपाईंको सिरानीमा रहेको एल्बममा झुन्डिएकै हाेलान्, बिर्सनुभएकाे भए एकपटक निकालेर हेर्नुहुन अनुराेध छ ।

कमरेडले उक्त भाषणमा आफ्ना नजिकका केही सांसदले मन्त्री हुन दाम्लाे चुडाल्न खाेजेकाे, आफ्नै भन्नेहरुले त छाेडे, जानेभए जानुस् भनेकाे छु, त्यत्रो संघर्ष गरेर ल्याएको सरकार, ढिला नगरीकन अघि बढाेस्, केपी ओलीले गरेका नियुक्ति त कसरी मान्नु, हटाउनु पर्छ, हामी आफ्नै पार्टी कुन हुने टुंगो छैन, अहिले मन्त्री पठाउन सक्दैनौं, मन्त्री पद ठुलो हाेईन व्यक्तिगत रुपमा जानेभए जानुस् भनेको छु पनि भन्न भ्याउनु भएछ । र अपमान सहेर पार्टीमा बस्न सकिन्न भन्ने बताउँनु भएछ । तपाईंको याे कुराकाे भिडियो हेरिसकेपछि मेराे मनमा एकप्रकारके बेचैनी र उद्देलित भावनाहरु छचल्किनाकाे परिणाम तपाईंसंग केही साेध्न मन लागेकाले सामाजिक सञ्जाल मार्फत याे पत्र प्रेषित गर्दैछु ।

१.तपाईंले आफु नजिकका अरु केही सांसदहरूले मन्त्री खानका लागि दाम्लाे चुडाउँन खाेजेकाे फतुर लगाउँनु भएछ । तर नेकपा एमालेका आदरणीय संस्थापक नेता पुर्व महासचिव कमरेड माधव कुमार नेपाल तपाईं आफैं दाम्लाे चुडालेर हिँडेको र पार्टी नै विभाजित गर्न लाग्नुभएकाे हैन र कमरेड, मेरो आग्रह छ, तपाईं आफैं चै दाम्लाे नचुडाल्नुहाेस् । सच्चिनुस् र निद्राबाट बिउझनुस् । सिगाैरी नखेल्नुहाेस् । तपाईंले सिगाैरी खेल्नुभएकाे र दाम्लाे चुडाल्नु भएकाे धेरै भयो र अब त अति पनि ।

२. पार्टी नेतृत्वको हिसाबले तपाईंले १५ वर्षसम्म एकलौटी गर्नुभएको सायद तपाईंले अहिले बिर्सिनुभएछ । ०६४ सालको निर्वाचनमा पार्टीले देशब्यापी हार बेहाेर्दा नैतिकता देखाएर कसैको दबाब र आग्रहमा हैन आफ्नै मनखुस पदबाट राजिनामा गर्नुभएका तपाईं त्यतिबेला सगरमाथा झै उचिनु भएकाे थियोे । तर तपाईंको त्यो उचाई ९ महिना पनि टिक्न सकेन । २०६५ फागुनकाे आठाैं माधिवेशनमा सर्वसम्मत नेतृत्वको बहानामा केही भक्तहरुलाई बकबास गर्न लगाएर आफैं नेतृत्वमा अाउँन खाेज्नुभएकाे हैन र कमरेड ? तर तपाईंको याे झिगे दाउ आम कार्यकर्ता र प्रतिनिधिले अस्वीकार गरेको बिर्सिनु भयाे कि के हाे ? र पछिल्लो घटनाक्रमले त तपाईं कति पदलाेलुप, ईष्र्यालू, नीच र घटिया हुनुहुन्छ, तपाईं आफैंले पुष्टि गर्दै हुनुहुन्छ नि कमरेड ।

३. लागेथ्याे र मजस्ता अरु धेरै कार्यकर्ताकाे विश्वास थियो कि तपाईंले पार्टीलाई विभाजनसम्म पुग्न दिनुहुन्न । किनकि तपाईं त याे पार्टीको १५ वर्ष नेतृत्व गरेको अविभावक र याे आन्दोलनकाे इतिहास निर्माता पनि । तर अहिले आएर यी सब विश्वासमा तातोपानी खन्याउनु भयो नि कमरेड ।

५. नेतृत्वको लागि आफ्नो मान र सम्मान भन्दा मुलुक र जनताको मान र सम्मान ठुलाे हैन र कमरेड ? तर तपाईंले सधैं आफ्नै मान र सम्मानकाे कुरा पाे गरिरहनु भयाे त? केपी ओलीको अपमान सहेर याे पार्टीमा बस्न सकिन्न भन्दै आाफैंले निर्माण गरेको सिंगो आान्दाेलन र पार्टीप्रति घात र गद्दारीकाे बाटाेमा पाे हिड्नुभयाे त कमरेड ?? के तपाईंको लागि याे सुहाउँदो कुरा हाे र ? बरु आफु अपमान सहेर जनताको मान, सम्मान, मुलुकको इज्जत प्रतिष्ठा बचाउन तथा पार्टी कार्यकर्ताकाे भावनाकाे सम्मान गर्दै केही समय धैर्य गरेर पार्टी महाधिवेशन बाट कार्यकर्ताकाे भावना जितेर आफुले मान र सम्मान पाउँने बाटाे पाे सही हैन र कमरेड ?

६.तपाईंले केपी ओलीकाे लाेकप्रियता प्रति ज्यादै नै ईर्ष्या र डाहा गर्नुभयो र ओलीलाई नेपाली युवाहरुले राष्ट्रबादी नेताका रुपमा प्रचार गरेकोमा तपाईंलाई खपिनसक्नु रीस उठ्यो । तर कमरेड तपाईं मुलुकको प्रधानमन्त्री हुँदा ओलीले गरेको काम किन सक्नुभएन कमरेड ? के लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या तपाईं प्रधानमन्त्री हुँदा थिएन र? के यी भुभाग तपाईं प्रधानमन्त्री हुँदा नेपालले नै भाेगचलन गरेको थियो र ? साे समयमा भारतीय विस्तारवादी चरित्रप्रति तपाईं किन बाेल्न नसक्नुभएकाे ?

७. तपाईं कुनै अमुक धर्मको प्रचारक संस्थामा जाेडिएर त्यसको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा गराउँनु भएको हैन ? त्यसवापत तपाईंले कति युराे डलर पाउँनुभयाे कमरेड? सार्वजनिक गर्न सक्नुहुन्छ ? तपाईं जत्तिकाे राष्ट्रिय नेता अमुक धर्मको प्रचारक संस्थासंग किन जाेडिनुभएकाे ?

८. पार्टीमा अमुक धर्मका गुरु, पादरी वा धर्मका भिरुलाई सांसद र मन्त्री बनाउने तपाईं नै हैन र कमरेड ? ०६४ काे संविधानसभामा लारक्याल लामालाई सांसद र मन्त्रीसम्म त तपाईंले नै बनाउँनु भएको हैन र ? त्यतिबेला त्यो काम कस्काे आदेशमा कति लिएर गर्नुभएको कमरेड ? यसको जवाफ तपाईंले दिनु पर्दैन र ?

९. ०६४ काे संविधानसभा निर्वाचन पराजयकाे नैतिक जिम्मेवारी तपाईंले लिनुभयाे । तर त्यतिबेला तपाईंले राजाको पाउमा दाम चढाएर ढाेगेका, दरबारमा बिन्तिपत्र चढाएको, प्रतिगमन आधा सच्चिएकाे निर्णय पार्टीमा गराएर राजाको सरकारमा सहभागी हुन पठाएको लगायत तपाईंको कमजोरीका विषयमा तपाईंले कुनै आत्माआलाेचना गर्नु भयाे त कमरेड ? जुन चुनावमा तिनै फाेटा, गलत निर्णयका कपिहरु रातारात प्रत्येक मतदाताको घरका भित्त, चाेक चाैतारामा छरेर मतदातालाई एमाले विरुद्धमा विपक्षीले भड्काउँन प्रयोग भएको थियोे नि कमरेड हैन र ?

साे चुनावमा म र म जस्ता हज्जारौं कार्कर्ताले माओवादीबाट कुटाई खाँदा र गाउँ गाउँमा मतदातालाई धम्काउँने, थर्काउने, प्रलोभनमा पार्ने, चुनाव हारे फेरि जंगल जाने भन्दै अन्तर्राष्ट्रिय जगतमा भ्रम सिर्जना गरेर निर्वाचन परिणाम आफ्नाे पक्षमा पार्ने सम्मका कार्यका तपाईं मुकदर्शक, रमिते र साक्षीमात्रै हैन त कमरेड ?

१०. पार्टीको साताैं राष्ट्रिय महाधिवेशनमा कमरेड शंकर पाेख्रेल लगायतका युवा नेताहरूले संविधानसभाकाे एजेन्डा र लाेकतान्त्रिक गणतन्त्र पास गरेर अघि बढाैं भन्दा, अलग दस्तावेज नै महाधिवेशन हलमा प्रस्तुत गर्दा, आम प्रतिनिधिले याे प्रस्तावकाे वकालत गर्दा समेत खुट्टा कमाउने र सबै विकल्प खुला गर्ने जस्तो अकर्मण्य र दिशाहिनतामा पार्टीलाई रुमल्याउँने तपाईं नै हैन र कमरेड ? त्यस्तो संगीन बेला किन आँट गर्न नसक्नुभएकाे ?

११. तपाईं पद बेगर बस्नै नसक्ने अहिलेकाे तपाईंको चरित्र हेर्दा र १५ वर्ष पार्टीको नेतृत्व गर्दापनि नअघाएकाे देख्दा ०५० अघि नै पनि तपाईंमा पार्टीको मुख्य नेतृत्वमा आउँने भुत सवार पाे रहेछ कि ? र यही तपाईंको मनाेकांक्षा मदन भण्डारी बाँचुञ्जेल पुरा नहुने देखेपछि जननेता मदन कुमार भण्डारीलाई सिध्याउने याेजना त बनेन ? उक्त रहस्यमय हत्याकाण्डमा तपाईंको पनि हात छ भनेर हामीले आशंका गर्न पाउने कि नपाउँने कमरेड ? त्यतिबेला तपाईं मदनकाे किचेनकाे याेजनाकार मध्येको एक र साँझ बिहान भेटघाट, कुराकानी र सर सल्लाह हुने एकाध मान्छे भित्रकाे भएर पनि घटनाका सम्बन्धमा हामी जस्तै बेखबर र अनविज्ञ नै हाे त कमरेड ? याे घटनामा काे कस्काे हात छ? तपाईलाई केही त पक्कै थाहा छ, खुलेर आउँन सक्नुहुन्छ कमरेड ?

१२. नेकपा बनेको अवस्थामा एमाले भित्र खेलेर एमाले सिध्याउने र विगठन गराउने प्रचण्डकाे याेजनामा तपाईं किन सहयोगी बन्नुभएकाे ? नेकपामा एमालेकाे नेतृत्व र विचारले लिड गर्दा तपाईंको पनि त इतिहासकाे रक्षा हुन्थ्यो नि हैन र कमरेड ?

१३. तपाईंलाई एमालेका आम कार्यकर्ता प्रति विश्वास लाग्न किन छाडेको कमरेड ? एमाले एकताबद्ध गराैं, छिटो महाधिवेशनमा जाऊँ, नेतृत्व परिवर्तन गर्ने र ओली कमरेडलाई हटाउनु पर्ने भए त्यहाँबाट हटाउँ भन्दा तपाईं किन तयार नभएको ? कि पार्टीका सबै कार्यकर्तालाई केपी ओलीका ‘लठैत र भजनमण्डली’ मात्रै ठान्नुभएको ? कृपया कार्यकर्तामा भराेषा राख्नुस् र विभाजनको बाटोमा नगई पार्टी एकताबद्ध बनाउन सहयोग गर्नुस् । याे गर्न सक्नुहुन्न भने बरु राजनीतिक जीवनबाट सन्यास लिनुस् र पारिवारिक जीवन सम्हालेर र कुनै फाउन्डेसन वा प्रतिष्ठान मार्फत सामाजिक काम गरेर बस्नुस्, तपाईंले त्यसाे गर्दा महाधिवेशनबाट बरु केपी कमरेडलाई पनि हामी बिदा गर्छम् र पार्टीको एकतालाई बचाएर अघि बढ्छम् नि कमरेड । यसले तपाईं र संस्थागत रुपमा तपाईंहरुकाे इतिहासका रुपमा रहेको याेगदानकाे अनि सिंगो नेपाली कम्युनिस्ट आन्दाेलनकाे रक्षा हुन्छ नि कमरेड हैन र ?

१४. यतिबेला तपाईं कस्काे क्यारेमबाेर्डकाे स्ट्राइकर बन्दै हुनुहुन्छ कमरेड ? बिन्ती छ, भाे त्यस्तो कसैको प्रयाेगकाे साधन नबन्नुहाेस् । तपाईं राजनीतिक आफ्नो जीवनमा अब हुन बाँकी नै के छ र ? १५ वर्ष पार्टी प्रमुख, ढेड वर्ष मुलुकको प्रधानमन्त्री, हैन र ?

१५. लाेकतन्त्रमा दलीय ब्यवस्था, आफ्ना सदस्य उपर दलको अनुशासन र मर्यादा, यसलाई नमान्दा दलको सदस्य नरहँने संवैधानिक र कानुनी व्यवस्था मुख्य कुरा हैन र कमरेड ? तपाईंले यी सबै कुरालाई त लात मार्नुभयाे उक्त तपाईंकाे कदमलाई वैधानिक बनाउन सर्वोच्च गुहार्नुभयाे नि कमरेड ?

१६. चुनाव हार्दापनि पद चाहिने तपाईं कस्तो मानसिकता बाेकेकाे नेता कमरेड ? ०६४ काे संविधानसभा पछि २ क्षेत्रमा चुनाव हार्दापनि संविधानसभामा छिर्ने बहाना विपक्षीका मुखबाट प्रकट गराउँनुभयाे । सुरुमा अस्वीकार गरेजस्तो पनि गर्नुभयो, पछि बाध्य पारेको जस्तो परिस्थिति निर्माण गराउँदै छिर्नुभाे । त्यसलाई अस्वीकार गरेर आफ्नो अडानमा किन अडिन नसक्नुभएकाे कमरेड ? तपाईंको याे कदम पछि त हाे चुनाव हार्दापनि चाेरबाटाे प्रयोग गर्दै संसद छिर्ने अभ्यासको थालनी भएको । तपाईंले गलत नजीर बसाएकै कारण पछिल्लो खेप नारायण काजी, वामदेव कमरेडहरुका सवालमा मैंले थप केही बाेलि रहनु पर्ला र कमरेड ? उहाँहरुले कस्तो सम्म हर्कत देखाउँनु भयो तपाईं आफैं तिनकाे पनि दरिलो समर्थक बन्नुभयाे हैन ? तिनकै खेतीका कारण पार्टीमा विग्रहकाे वीज झ्याङ्गिदै नेकपा त समाप्त भयो नै, कम्युनिस्ट आान्दाेलन नै धराशायी बन्ने अवस्था सम्म पुगेको साँचो हैन र कमरेड ?

१७. तपाईं त पार्टीमा बहु शक्तिकेन्द्र बनाउन हुदैन भन्ने मान्यता राख्ने मान्छे हाे । ०७० काे चुनावपछि संसदीय दलमा चुनाव गर्न हुँदैन भनेर तपाईं दरिलो गरि झलनाथ कमरेडकै पक्षमा उभिनुभएकाे थियो । झलनाथ कमरेडभन्दा तपाईंलाई हारकाे पीडा बढि थियोे त्यतिबेला । तर तपाईंको याे अडान केपी ओली पार्टी अध्यक्ष, संसदीय दलको नेता र मुलुककाे प्रधानमन्त्री हुँदा किन कायम रहेन ? १ व्यक्ति १ पद भन्दै किन बहु शक्तिकेन्द्रका पक्षमा उभिनुभएकाे ?

१८. तपाईं प्रधानमन्त्रीमा जति समय टिक्नुभयाे, केपी ओलीकाे दरिलाे साथ र भरसिलाे काँधमा चढेरै टिक्नुभएकाे बिर्सँनुभएकाे छैन हाेला । तर तपाईंले केपी ओलीकाे चाहिँ जतिसक्दो विरोध मात्रै गर्नुपर्ने र पदबाट हटाउनै पर्ने कारण के हाे कमरेड ? ओली दुबै पटक प्रधानमन्त्री हुँदा एउटै ब्यवहार दाेहाेर्याउँनु भयाे नि ?

१९. ओलीले संसद छलेर अध्यादेश मार्फत देश चलाएकाे, संसद विगठन गरेर जनमतकाे अपमान र प्रतिगमन गरेको आराेप लगाएर नथाक्ने तपाईं परमादेशबाट विउँतिएकाे संसदमा २ दर्जनबढी विधेयक विचाराधीन हुँदाहुँदै र बजेट अध्यादेश लगायत मुलुकका लागि ज्यादै महत्त्वपूर्ण अध्यादेश संसदमा टुंगो नलाग्दै संसद बैठक अन्त्य गरेको विषयमा किन चुँ बाेल्न सक्नुहुन्न कमरेड ? यसले तपाईँकै शब्दमा ‘त्यत्रो लडाइँ लडेर जाेगाएकाे संसद’को गरिमा जाेगियाे र कमरेड ? यसकै लागि दलीय अनुशासन ताेडेर बिपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन परमादेश प्रकरणमा हस्ताक्षर गर्नुभएको हाे कमरेड ?

२०. दल विभाजन सम्बन्धि अध्यादेशकाे खुब विरोध गर्नुभयो, तर अहिले तपाईंकै लागि त्यो जरुरी हुने भएकोले देउपा दा लाई हार गुहार गर्दै पार्टी विभाजनकाे चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ त कमरेड ? याे त दाेहाेराे चरित्र भएन र ? तपाईंको यस्तै चरित्रका कारणत विगतमा पार्टी ३३ सिटमा खुम्चिएकाे थियो नि हैन ? त्यहाँबाट उठाएर रहर लाग्दाे बनाएको पार्टी फुटाएर फेरि चकनाचुर पार्न खाेज्दै हुनुहुन्छ हैन ?

२१. केपी ओलीले राजनीतिक नियुक्ति गरेका मान्छेहरु एमालेका कार्यकर्ता हाेईनन् र कमरेड ? उनीहरूले एमालेलाई बलियो बनाउन याेगदान गरेका छैनन् र ? उनीहरूले नियुक्ति खाएको प्रति तपाईं किन आहात हुनुभएको ? बरु तिनको पनि नेता हुनेगरी लाग्दा पाे राम्रो हुन्थ्यो हैन र?

कमरेड तपाईं मेराे हृदयकाे नेता हाे । मेरो हृदयमा सधैं बसिरहँने वातावरण बनाउँनुस् । पार्टी विभाजनले तपाईंलाई पनि बलियो बनाउँदैन । अध्यादेशकाे सहारामा विभाजनसम्म पुग्दा अहिले त तपाईंलाई केही आत्मरति हाेला, तर समय क्रममा तपाईंलाई पश्चातापमा जल्नुपर्ने परिस्थिति अवश्य बन्ने छ । त्यसकारण त्यो अप्रिय बाटाे नराेज्नुस्, बरु आउँने दशाैं महाधिवेशनमा आफुलाई सुधार्नु र सच्याउँनु भयाे, आम कार्यकर्ताकाे मन जितेर अघि बढ्ने काम गर्न सक्नुभयाे भने तपाईंलाई नै पार्टी अध्यक्ष बनाउँन सहयोग गराैंला । विरोधी र विपक्षीकाे मिसनमा सहयोगी नबन्नुहाेस्, आफ्नाे घर बलियो बनाउने गरी लाग्नुस्, अर्काकाे घरमा भएको दिएला र खाउँला भनेर आस गरेर नबस्नुस्, उसले अन्ततः तपाईंलाई भाेलि लात मार्ने निश्चित छ । बरु एउटै ओेछ्यानमा सुतेको साथीकाे गाेडा लागेकोमा छलफल गर्न सकिन्छ । याे बाटाे पकड्नुस् । धन्यवाद !

उहीँ तपाईंको शुभचिन्तक
तथा
नेकपा एमाले पार्टीकाे कार्यकर्ता
शशिनाथ आचार्य
मिति : २०७८/०५/१/३ काे बिहानी समय चाैतारा ।
सिन्धुपाल्चोक

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १०:०३

https://srdb.com.np/