२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

काबुल विमानस्थलमा गाेली चल्याे, ५ जनाकाे मृत्यु


३२ साउन, काठमाडाैँ । अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा ५ जनाको मृत्यु भएकाे छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । मृत्यु हुनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १४:१९