९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि आईपीओ निश्कासन गर्ने

३२ साउन, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपिओ) को निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । तेह्रथुम पावर कम्पनी लिमीटेडले आगामी भदौ ९ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

कम्पनीको उक्त आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:५३