५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

३० साउन, काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । ग्रोलाप्रथाबाट बाँडफाँड गरिएकाे सेयर ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।

सानिमा लाईफले साउन २० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

यसरी हेर्न सकिन्छ रिजल्ट

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपीओको रिजल्ट हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ । यस्तै प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट समेत हेर्न सकिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ११:४१