२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

मरेपछि पनि सपना देख्ने प्रधानमन्त्री अोलीको चाहना (भिडियोसहित)


१ साउन, काठमाडाैँ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा अोलीले मरेपछि पनि सपना देख्ने चाहना राखेका छन । कविता मार्फत अोलीले यस्तो चाहना व्यक्त गरेका छन । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा चन्द्रागिरीमा अायोजित कार्यक्रममा अाइतबार प्रधानमन्त्री ओलीले एउटा कविता लेखे । अोलीसँगै अन्य धेरै स्रष्टाले त्यहाँ कविता लेखेका थिए । तर धेरैको ध्यान अोलीकै कवितामा थियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलनमा अाेलीले लेखेर पढेकाे कविता यस्ताे रहेकाे छ ।

परिवर्तनशील दुनियाँमा सधै बाँचेको को छ र !
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रगिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।

अाेलीको कविता अाेलीकै अावाजमा सुन्नुहुोस

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १२:४४