१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाल बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत गर्न सम्झाैतामा हस्ताक्षर

२६ साउन, काठमाडाैँ । नेपाल बैंकले जारी गरेको ८.५०% नेपाल बैंक ऋणपत्र–२०८७ नेप्सेमा सुचिकृत गर्नको लागि सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र नेपाल स्टक एक्सचेञ्च लिमिटेडबीच सुचिकृतका लागि सम्झौता भएको हो ।

ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेपाल बैंकले जारी गरेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता ८.५०% नेपाल बैंक ऋणपत्र–२०८७ जारी गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्च लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिँह साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बिच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार २३:२१