२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमाले राष्ट्रघाती भनिएको एमसीसीको खेलमा सहभागी नहुने, यस्तो छ ओलीको अडान


२६ साउन, काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रघाती भनिएको एमसीसीको खेलमा सहभागी नहुने भएको छ । योसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमसीसी गलापासो बन्ने भएको छ । त्यही एमसीसीको अलाप जपेर परमादेश मार्फत सर्वोच्चबाट नियुक्ति लिएर राष्ट्रपतिबाट सपथ खाएका देउवा मन्त्रिपरिषद् विस्तार नै नगरी संकटमा फसेका छन ।

एमसीसीको बारेमा माधव कुमार नेपालले आँखा चिम्लेर साथ दिने वचन दिए पनि सोही समूहका नेता डा भीमबहादुर रावलले त्यसमा सार्वजनिक रूपमा असहमति जाहेर गरिसकेका छन । उनले सोही विषयमा देउवासँग वान टु वान कुरा गर्न नपाएपछि आदेशका भरमा सबै कुरा मान भनेर मान्दिन भन्दै सामाजिक सञ्जालमा लामो टिप्पणी समेत दिएका थिए ।

सोमबार ललितपुरको च्यासलिस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले एमसीसीका बारेमा मुलत चारकुरा गरेर यसको खेलमा नलाग्ने स्पष्ट पारेका छन । ओलीको उक्त विचारमा एमालेका सबै नेताको सहमति रहेको छ  ।

अाेलीले बैठकमा राखेको विचार यस्तो छ

१. परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।

२. हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा उनीहरु होहल्ला गर्थे । अहिले ती ‘क्रान्तिकारी’हरु सरकारमा भएको बेलामा सीधै एमसीसी खारेज गर्छौं भन्न सक्नुपथ्र्यो नि त !

३. एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा कथित साझा कार्यक्रममा एक शब्द छैन । एमसीसी के हो ? यस सरकारसँग कुनै दृष्किोण नै छैन ।

४. एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो- उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, उहाँहरुसँग १६५ मत छ । हामीसँग कसैले केही कुरै गरेको छैन । त्यसैले हामीले त्यसमा सहभागी हुनुपर्ने वा नपर्ने भन्ने प्रश्नै छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०८:१५

https://srdb.com.np/