२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कालोसूचीमा रहेका रिमाल कांग्रेस निकट भएकै कारण शिक्षक सेवा आयोगमा नियुक्त


२२ साउन, काठमाडौँ । सरकारले नेपाली कांग्रेस निकट भएकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा कारबाहीमा परेका डिल्लीराम रिमाललाई शिक्षक सेवा आयोगमा नियुक्त गरेको पाइएको छ । आयोगले नै कारबाही गरेर कालोसूचीमा राखेका रिमाल आयोगकै सदस्यमा नियुक्त भएका हुन ।

रिमालले आफ्ना भाइलाई शिक्षक सेवा आयोगको परीक्षा पास गराउन आफैं प्रश्नपत्र निर्माण गरेको, उत्तरपुस्तिका परीक्षण गरेको र स्थायी नियुक्तिका लागि अन्तर्वार्तामा सिफारिस गरेको पाइएको थियो । त्यस सम्बन्धमा छानविन गरेर अख्तियारले कारबाहीको सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सदस्यमा नियुक्त गरेपछि रिमालले बुधबार नै पदभार ग्रहण गरिसकेका छन ।

अख्तियारले गरेको छानबिनमा शिक्षक सेवाको विज्ञापन नम्बर १र०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञका रूपमा रिमालको संलग्नता रहेको पुष्टि भएको थियो । उक्त परीक्षामा उनका भाइ लेखनाथ रिमाल प्रतिस्पर्धी रहेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १०:२४

https://srdb.com.np/