२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

बारीमै कुहिन थाले किसानका ति सपनाहरु (कविता)


–तुलसी न्याैपाने

कृषिजन्य निकासीमा भारत सधै तगारो भो
बारीमै कुहिन थाले किसानका ति सपनाहरु
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।

किसानलाई जहाँ गएनी पिरलो नै पिरलो छ
एकपछि अर्को गर्दै, चुहिन थाले किसानका ति सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।

किसानहरुले बोकि हिडेको लक्ष्य सबै भाडिन्छ यहाँ
कहिले दुधको खोलो बग्छ कहिले केरा फाडिन्छ यहाँ
न अलैची बिक्री हुन्छ नत अदुवा न गोलभेँडा
पसिनाले मात्रै धुइन थाले किसानका ति सपनाहरु
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।

जहाँ गएनी जता हेरेनी बिचौलियाकै छ हालीमुहाली
दुःख गर्ने किसानहरु भुँडी भर्ने अर्कै हुन्छ
मर्का र पीडाले मात्रै छुइन थाले किसानका सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।

मरिचको आयत ह्वात्तै घटे दलहनको स्वाट्टै बढ्ने
फस्टाउदो छ तस्कारहरुको व्यापार यतिबेला
खुल्ला सिमानाको फाइदा लुट्दै निकायको आखा छली
सबले हेर्छन राम रमिता किसान सधै बन्छ हली ।

जस्कापनि सपना हुन्छन राम्रो लाउने मिठो खाने
जीवनलाई सार्थक अनि सधै सफल पार्दै लाने
किसानको पसिना माथी दुनियाको चल्ती भयो
कहिले त लाग्छ,
किसानहरुले सपना देख्नु नै ठुलो गल्ती भयो ।

किसानलाई जहाँ गएनी पिरलो नै पिरलो छ
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।
पसिनाले मात्रै धुइन थाले किसानका ति सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।
किसानका ति सपनाहरु ।।।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १०:१६