३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

बारीमै कुहिन थाले किसानका ति सपनाहरु (कविता)

–तुलसी न्याैपाने

कृषिजन्य निकासीमा भारत सधै तगारो भो
बारीमै कुहिन थाले किसानका ति सपनाहरु
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।

किसानलाई जहाँ गएनी पिरलो नै पिरलो छ
एकपछि अर्को गर्दै, चुहिन थाले किसानका ति सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।

किसानहरुले बोकि हिडेको लक्ष्य सबै भाडिन्छ यहाँ
कहिले दुधको खोलो बग्छ कहिले केरा फाडिन्छ यहाँ
न अलैची बिक्री हुन्छ नत अदुवा न गोलभेँडा
पसिनाले मात्रै धुइन थाले किसानका ति सपनाहरु
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।

जहाँ गएनी जता हेरेनी बिचौलियाकै छ हालीमुहाली
दुःख गर्ने किसानहरु भुँडी भर्ने अर्कै हुन्छ
मर्का र पीडाले मात्रै छुइन थाले किसानका सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।

मरिचको आयत ह्वात्तै घटे दलहनको स्वाट्टै बढ्ने
फस्टाउदो छ तस्कारहरुको व्यापार यतिबेला
खुल्ला सिमानाको फाइदा लुट्दै निकायको आखा छली
सबले हेर्छन राम रमिता किसान सधै बन्छ हली ।

जस्कापनि सपना हुन्छन राम्रो लाउने मिठो खाने
जीवनलाई सार्थक अनि सधै सफल पार्दै लाने
किसानको पसिना माथी दुनियाको चल्ती भयो
कहिले त लाग्छ,
किसानहरुले सपना देख्नु नै ठुलो गल्ती भयो ।

किसानलाई जहाँ गएनी पिरलो नै पिरलो छ
गर्भमै तुहिन थाले किसानका ति सपनाहरु ।
पसिनाले मात्रै धुइन थाले किसानका ति सपनाहरु
बारीमै कुहिन थाले किसानका ति सपनाहरु ।
किसानका ति सपनाहरु ।।।

प्रकाशित मिति : July 16, 2018 at 10:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/