२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त


१२ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मंगलबार ​राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । मन्त्रिपरिषद्ले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार २०:२९