२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय


१२ साउन, काठमाडाैँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति लगायत निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव शंकरदास वैरागी लगायतको उपस्थित थियो ।

यस्ता छन् निर्णयहरूः

१. योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त ।

२. लुम्बिनी प्रदेश प्रमुखमा चितवनका पृथ्वीमान सिंह गुरुङ नियुक्त

३. गण्डकी प्रदेश प्रमुखमा चितवनका अमिक शेरचन नियुक्त

४. कार्यबाहक प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्मालाइ दिने ।

५. बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने  ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १९:५३