२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

राष्ट्रियसभामा तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी प्रतिवेदन पेश


१२ साउन, काठमाडौँ । राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाउनुभएको थियो ।

पूर्वसांसद तामाङको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पूर्वसांसद तामाङको निधनप्रति राख्नुभएको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो ।

संयुक्त जनमोर्चा नेपालबाट विसं २०४८ मा सिरहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन १३ गते बुधबार दिनको १ बजे बस्ने छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १७:३३