२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

रविन्द्र मिश्र जन्मजात नै राजतन्त्र र हिन्दूराज्यका हिमायती थिएः नेता थापा


१२ साउन, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं कन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा कडा प्रतिक्रिया जनाएका छन ।

मंगलबार बिहान ट्वीट मार्फत नेता थापाले भनेका छन, ‘रविन्द्र मिश्रको वैकल्पिक राजनीति गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमै उभिएछ । कयौँ साथीहरू यसमा चकित छन, उनी जन्मजात नै राजतन्त्र र हिन्दूराज्यका हिमायती थिए । आन्दोलनमा शून्य योगदान थियो र विरोधमै थिए । सायद मनोज चौधरी पनि यिनै थिए, जसले परिवर्तनविरूद्ध छद्म नाममा लेख्थे ।’

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १०:०७