२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

अवैध हतियारसहित वीरगञ्जबाट तीन जना पक्राउ


१२ साउन, काठमाडाैँ । अवैध हतियारसहित पर्साको वीरगञ्ज महानगरपालिकाबाट तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरुलाई हतियार बेचविखन भइरहेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका –१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट दुईवटा मोटरसाइकल समेत बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०९:४४