२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

बाटो निर्माणको लागी खनेको खाडलमा परेर मोटरसाइकल चालककाे मृत्यु


१२ साउन, काठमाडाैँ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमही-तुलसीपुर सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर आज विहान एक जनाको मृत्यु भएको हो ।

सो सडकखण्डको पर्सेनी नजिक ह्युमपाईप बिच्छाउन खनिएको खाल्डोमा परेर तुलसीपुर उपमहानगरपालिका- १२ का चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाईकल उक्त खाल्डोमा परी भण्डारीको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०८:५३