२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन कार्यसूची


१२ साउन, काठमाडाैँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयले शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०८:१०