सानिमा लाईफ इन्स्योरेन्सको आईपिओ साउन २० गतेदेखि निष्कासन हुने
१२ साउन, काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपिओ साउन २० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला हुने भएकाे छ ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको ६० लाख कित्ता सेयरमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्ट्याइएकाे छ भने बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई केयर रेटिङले केयर एनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०७:३०












