२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

इजरायल जानेका लागि आजदेखि आवेदन खुला, क कसले दिन पाउँछन आवेदन ?


१२ साउन, काठमाडाैँ । इजरायल जानेका लागि आजदेखि आवेदन खुला भएकाे छ । इजरायल र नेपाल सरकारको अन्तिम चरणको सम्झौता भएसँगै आजदेखि केयरगीभरमा जान चाहने नेपाली कामदारको आवेदन मागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

योग्यता पुगेका २५ देखि ४५ वर्षसम्मकाले आवेदन सकिने विभागले जनाएको छ । इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको छ । ७० प्रतिशत महिला र ३० पुरुषलाई लाने गरि तयारी गरिएकाे छ ।

कम्तिमा १२ कक्षा उतीर्ण भएर तीन महिनाको केयरकीभर तालिम लिएकाले इजरायल जान प्राथमिकता पाउने छन । विभागका अनुसार ४.९ फिट र ४५ केजीभन्दा बढी तौल भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०७:२३