२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता


११ साउन, काठमाडाैँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । सोमबार आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका थिए । रेशम चौधरी भने तटस्थ बसेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १७:२२