२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

खगेन्द्रलाई महेशको जवाफः अग्रजको सम्मान गर्ने पार्टीकाे अनुयायी हुँ, धम्काउने थर्काउने मेरो शैली होइन


११ साउन, काठमाडौँ । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफू अग्रजहरूको सम्मान गर्ने पार्टीको अनुयायी भएको भन्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको स्पष्ट पारेका छन् । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्क्याएको भन्ने अभिव्यक्ति दिएपछि नेता बस्नेतले त्यस्को प्रतिकार गरेका छन् । सामाजिक सञ्जालमा नेता बस्नेले त्यस्को प्रतिकार गर्दै लेखेका छन्ः खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।

म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने, थर्काउने मेरो शैली होइन । जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवश्यक नै छ।

युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतन संग सत्रुता साँध्ने शक्तिवाहेक कोही त्रसित हुन अनवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला। लेखक खगेन्द्र संग्रौलाले बस्नेतको नामै लिएर आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको ट्वीट गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १७:१४