२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

काेराेना अपडेटः ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु, १६८६ संक्रमणमुक्त


११ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १७ हजार २७२ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साेही अवधिमा थप १६८६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या २७ हजार ९०८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ९ हजार ७३८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १६:४८