२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

रवीन्द्र मिश्रको प्रस्तावः संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह (पूर्णपाठ)


११ साउन, काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उनको तर्क छ । पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएको बताए । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेको बताए । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनको धारणा छ ।

आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १६:२९