२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

जसपा विवादमा रेशम चौधरी तटस्थ


११ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका चौधरीले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजारस्थित कारागारमा रहेका सांसद  चौधरी आयोगमा उपस्थित भइ उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि चौधरीले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने बताए । उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १५:०८