२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

निर्वाचन आयोगमा पुगे रेशम चौधरी


११ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । डिल्लीबजारस्थित कारागारमा रहेका सांसद चौधरी पनि हस्ताक्षर सनाखत लागि केहि बेरअघि प्रहरीकाे गाडीमा चढेर आयोग पुगेका हुन् ।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा सांसद चौधरीले आफुले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर मात्र हस्ताक्षर गर्ने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १४:५१