२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

काेराेना संक्रमणबाट काँग्रेस नेता भीमसेन घिमिरेको मृत्यु


११ साउन, काठमाडाैँ । काेराेना संक्रमणबाट नेपाली काँग्रेसका नेता भीमसेन घिमिरेको मृत्यु भएको छ । ललितपुर जिल्ला कार्यसमितिका सचिव ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रम मृत्यु भएको हो ।

सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेका घिमिरेले कांग्रेसको सङ्गठन निर्माण रपाल नेको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १४:३५