२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

हस्ताक्षर सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोग जाने


११ साउन, काठमाडाैँ । हस्ताक्षर सनाखतका लागि जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित हुने भएका छन । उनी हस्ताक्षर सनाखतका लागि हेड–काउन्टमा सहभागी हुन आयोगै आउन लागेका हुन ।

चौधरीको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि उनले इन्कार गर्दै आयोगमै उपस्थित हुने बताएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।

हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका गरिसकेका छन । चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने थाहा भएको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १४:०३