२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

जसपाको हेड काउन्टः महन्थ पक्षका मनिस सुमन र राजकिशोरले गरे गुट परिवर्तन


११ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गर्दा महन्थ ठाकुर पक्षका दुई नेता उपेन्द्र यादव पक्षमा समावेश भएका छन् ।  महन्त ठाकुर पक्षका नेता मनिष सुमन र  राजकिशोर यादवले गुट परिवर्तन गरेका हुन् । सोमबार निर्वाचन आयोग पुगेर उनिहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका हुन् ।

हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका मनिष सुमनले आफूले मूलधारको पार्टीको पक्षमा हस्ताक्षर सनाखत गरेको बताए । सनाखतपछि आयोग परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले पार्टी एकताका लागि यादवको पक्षमा हस्ताक्षर गरेका बताए ।

उनले भने, ‘मैले पार्टी एकताको लागि धेरै प्रयास गरेँ । तर महन्थ ठाकुरले मान्नु भएन । मधेसमा संगठित पार्टीको आवश्यकता छ । एकीकृत पाटी हुनुपर्छ भन्ने मेरो प्रयास हाे । जहाँ मूलधारको पार्टी छ मैले त्यहाँ सनाखत गरेँ,’।

त्यस्तै ठाकुर पक्षका नेता राजकिशोर यादवले पनि उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका छन् । उनले निर्वाचन आयोगमा पुगेर यादव पक्षमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १२:४२