२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

कांग्रेस नेता पौडेल प्रचण्ड निवास खुमलटारमा


११ साउन, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार गएका छन् ।

सोमबार बिहान कांग्रेस नेता पौडेल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन खुमलटार पुगेका हुन् । सीता दाहाल लामो समयदेखि बिरामी  छिन् । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १२:५५