२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु


११ साउन, काठमाडौँ । निर्वाचन आयोगमा जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव र र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य सनाखतका लागि आयोग पुगेका छन् ।

सनाखतका लागि आयोगमा दावीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग–अलग स्थान तोकिएको छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी रहेको छ ।

निर्वाचन आयोगमा २०७७ असार २४ गते दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १२:०५