नेप्से ३००० विन्दुमाथि,कारोबार रकम ११ अर्ब नाघ्यो
७ साउन, काठमाडौँ । साताकाे अन्तिम काराेबारकाे दिन आज सेयर बजार दोहारो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ३००० विन्दु नाघ्दा ११ अर्ब भन्दा धेरैकाे काराेबार भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.०६ अंकले बढेर ५६२.२४ मा पुगेको छ ।
बिहीबार दिनभरि २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर १ लाख १४ हजार ७७२ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको कारोबार भएको नेप्सेल जनाएको छ । काराेबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।
प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १६:२९












