२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

नेकपाकी नेतृ एवम् सांसद कोमल वलीको घुस नखाने तीज गीत ‘माननीय ज्यू’ सार्वजनिक


३० असार, काठमाडौँ । नेकपाकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल वलीको अर्को तिज गीत सार्वजनिक भएको छ । जनप्रतिनिधिले विभिन्न बहानामा घुस खान हुँदैन भन्ने सन्देश दिन खोजिएको गीतमा पशुपति शर्मा र कोमल वली आफैँले अभिनय गरेकी छिन ।

गायक पशुपति शर्मासँगको ड्युट गीतमा कोमल वलीले नेपाली राजनीतिका विकृत पक्षलाई व्यंग्य गर्दै आफूले गलत काम नगर्ने प्रतिबद्धता जनाएकी छिन् ।

आफूलाई घुस खुवाउन आउनेको भोट चहिदैन भन्दैन गीतमा उनले घुस खुवाउन खोज्ने पशुपति शर्मालाई जवाफ दिएकी छिन । गीत उनले शुक्रबार आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेकी छिन ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०९:४१