१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

माधव नेपालको विरोध गर्नेको हात, खुट्टा काटिने सुदेश पराजुलीको चेतावनी (भिडियोसहित)


३१ असार, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समहूका विद्यार्थी नेता सुदेश पराजुलीले बिरोधीहरू माथि कडा भौतिक कारबाही गर्ने चेतावनी दिएका छन ।

बिहीबार काठमाडौँमा भएको एउटा विद्यार्थी भेलामा आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रजंग शाहीको नेतृत्वको अखिल फोर्स नामको दस्ता घोषणा गर्दै पराजुलीले नेपालको बिरोध गर्नेहरूमाथि भौतिक कारबाही गरिने घोषणा गरे ।

उनले त्यस्तो भौतिक कारबाहीको जिम्मेवारी अखिल फोर्सले लिने जानकारी दिए । भेलामा सम्बोधन गर्नेक्रममा उनले युथ फोर्सको विरूद्धमा लड्नका लागि अखिल फोर्सले काम गर्ने बताए ।

पराजुलीले माधव नेपालको घरतिर टेडो नजरले हेर्नेको आँखा फुटाउने र हात खुट्टा चलाउनेको हात खुट्टै काटिदिने धम्की समेत दिए । पराजुलीको चेतावनी तलको भिडियो सुन्न सक्नुहुन्छ ।

@dainiki.com

माधव नेपालकाे बिराेध गर्नेले भाैतिक क्षति व्यहाेर्नुपर्ने, आाखा फुटाउने र हात र खुट्टा काट्ने अभियान चल्ने सुदेश पराजुलीकाे चेतावनी

♬ original sound – dainiki.com

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार २२:२९