२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

नुवाकोटमा पनि जल्यो प्रधानन्यायाधीश राणाको पुत्ला


३१ असार, नुवाकोट । नेकपा एमालेको भातृ सांस्थाहरू राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले नुवाकोटको विदुर र बट्टारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको पुत्ला जलाएका छन् ।

शेरबहादुर देउवालाई निर्दलीय ढंगबाट प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णयको विरोध गर्दै बुधबार साँझ नुवाकोटको विदुरमा एमालेको पार्टी कार्यालयबाट र बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसाबट राकेँ जुलुससहित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाइएको अनेरास्ववियू नुवाकोटका सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिए ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटाको नेतृत्वमा विदुरबाट र अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णुहरी रिमाल (सत्य)को नेतृत्वमा बट्टारमा निकालिएको राके जुलुस र प्रधानन्यायाधीशको पुत्ला जलाउदा प्रहरीले हस्तक्षेप गरेपनि बिरोध कार्यक्रम भने सफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०९:११