२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव


३० असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवासमै बोलाएर  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेट गरेका छन । विप्लव प्रचण्डसँग भेट्नका लागि धर्मेन्द्र बास्तोलासहित खुमलटार पुगेका थिए । विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । प्रचण्ड र विप्लवको छलफल भैरहेको सोहि समयमा माधव नेपालको निवासमा भने प्रधानमन्त्री देउवा पुगेका थिए । देउवाले मन्त्रालय बाँडफँडको विषयमा नेपालसँग कुरा गरेको कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १९:१३