२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

देउवाको पहिलो सफलताः १० करोड बिगो मागिएका गच्छदार १० लाखमै छुटे


३० असार, काठमाडाैँ । विगतमा जति पनि चर्चित काण्डहरू सार्वजनिक भए ती सबै नेपाली कांग्रेसका सभापति एवं हालका निर्दलीय प्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडिएर टुंगिने गरेको थियो । जसका कारण जति भ्रष्टाचारका घटना सार्वजनिक भए पनि कांग्रेसका नेता कार्यकर्ताले चर्को स्वरमा त्यसको बिरोध गर्न सकेनन् ।

संयोग नै मान्नुपर्छ विगत केही महिनादेख फरार सूचीमा रहेका कांग्रेस सभापति उपसभापति विजय गच्छेदार मंगलबार शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै बुधबार बिहान विशेष अदालतमा हाजिर भए र झण्डै १० करोड बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दामा १० लाख धराैटीमा रिहा भएका छन । उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपी रहेका थिए ।

विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिएका छन । पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:४३