२३ असार २०८१, आईतवार | Mon Jul 8 2024

नागरिकलाई देउवा सरकारको सरप्राइजः सवारी भाडा २८ प्रतिशत बढ्यो


३० असार, काठमाडाैँ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै यातायातका साधनमा लाग्ने भाडा वृद्धि गरेको हो । अघिल्लो सरकारको थाप्लोमा दोष हाल्न सजिलो हुने भन्दै रातारात सार्वजनिक यातायातको भाडादर बढाइएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ ।

बढाइएको भाडामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:२०